दफा २४
जाँचबुझ गर्न सक्ने
(१) प्रधान न्यायाधीशलाई अदालतमा कार्यरत कुनै कर्मचारीले अदालतबाट हुने काममा अनियमितता गरेको छ भन्ने लागेमा वा तत्सम्बन्धमा कुनै माध्यमबाट गुनासो वा जानकारी प्राप्त भएमा प्रधान न्यायाधीशले अदालतमा कार्यरत कुनै राजपत्राङ्कित अधिकृतलाई जाँचबुझको लागि खटाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम जाँचबुझको लागि खटिएको अधिकृतले आफूलाई सुम्पिएको कार्य सम्पन्न गरेको सात दिनभित्र तत्सम्बन्धमा भए गरेको काम कारबाहीको विवरण उल्लेख गरी आफ्नो राय सहितको प्रतिवेदन प्रधानन्यायाधीश समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्राप्त प्रतिवेदनबाट कुनै कर्मचारीबाट अनियमितता भएको देखिएमा त्यस्तो कर्मचारी उपर आवश्यक कारबाही चलाउन सम्बन्धित निकाय वा अधिकारीलाई लेखी पठाउनु पर्नेछ ।